Skip to main content

एनटीसीको अफर

जेष्ठ ४, २०७४- टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहक लक्षित नयाँ अफर ल्याएको छ । यो अफर २०७४ साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । 
अफर फोरजी डाटा प्याकेज जीएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सीडीएमए सेवाका ग्राहकहरूलाई पनि लक्षित छ । 
फोरजी डाटा प्याकेजअन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ । 



त्यसैगरी १ सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । अल टाइम डेटा प्याकअन्तर्गत स्मल डेटा प्याक थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Comments

Popular posts from this blog

Now Abu’s building could help doctors and patients all over the world.

When Abu was 15, he discovered the potential of machine learning. Now what he’s building could help doctors and patients all over the world. Abu's Story What is machine learning? is it the future? look this video(in hindi)

तीन दिनमा दोस्रो विमान दुर्घटना : बाजुरामा नेपाली सेनाको जहाज खेतमा खस्यो

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो । नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो । बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ । खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो । अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास ल्यान्डिङ भएको नेपाली सेनाले जनाएको छ । घटनामा एक महिला को पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

Facebook